Weather : 27.12° Celsius Kathmandu
धादिङं : धादिङं गजुरी गाउँपालिका–५ स्थित घाटवेशीबाट हराएका एक किशोरको शव भेटिएको छ ।
१५ वर्षीय युनिक सुवेदीको शव त्रिशूलीको २० फिट गहिराइबाट निकालिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलको गोताखोर टोलीले सुवेदीको शव निकालेको हो । शनिबार सुवेदी र १३ वर्षीय रिदम कोइराला हराएका थिए।
कोइरालाको अवस्था भने अझै अज्ञात रहेको छ ।