अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

टी–२० विश्वक : पयुगान्डासँग पपुवा न्यूगिनी पराजित

Mahotsap
टी–२० विश्वक : पयुगान्डासँग पपुवा न्यूगिनी पराजित

काठमाडौं : युगान्डाले आइसिसी टी–२० विश्वकपमा पपुवा न्यूगिनीलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा युगान्डा तीन विकेटले विजयी भएको हो।

समूह सीमा रहेको युगान्डाको यो पहिलो जित हो। पहिलो खेलमा युगान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो। जितसँगै युगान्डा दुई खेलबाट दुई अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ। 

पपुवा न्यूगिनीको यो दोस्रो हर हो। पहिलो खेलमा वेस्ट इन्डिजसँग पाँच विकेटले पराजित भएको थियो। पपुवा न्यूगिनीले दिएको ७८ रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो। युगान्डाका रियाजत अली शाहले सर्वाधिक ३३ रन बनाए।

५६ बल खेलेका उनले एक चौका प्रहार गरे। जुमा मियाजी १३ रनमा आउट हुँदा केनेथ वैसवा सात रनमा अविजित रहे। अन्यको प्रदर्शन भने राम्रो हुन सकेन।

पपुवा न्यू गिनीका आलेई नाओ र नोर्मन वानुआले समान दुई विकेट लिए। चैड सोपर र असद भालाले समान एक विकेट लिए। त्यसअघि प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो।

Between Description 4

पपुवा न्यूगिनीका हिरि हिरिले सर्वाधिक १५ रन बनाए। किप्लिन डोरिगा र लेगा सियाका समान १२ रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन। युगान्डका अल्पेश रामजनी, जुमा मियाजी, कासमास क्येवूता र फ्रेन्क नसूबूगाले समान दुई विकेट लिए। ब्रायन मसाबाको नाममा एक विकेट रह्यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल