धादिङ स्पेशल / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / अपराध

धादिङमा बालिकालाई सामुहिक बलात्कार गर्ने तिन जनालाई १४ बर्ष जेल

Mahotsap
धादिङमा बालिकालाई सामुहिक बलात्कार गर्ने तिन जनालाई १४ बर्ष जेल

धादिङ : धादिङमा सामुहिक बलात्कार गरेको आरोप लागेका तीन जनालाई जेल सजाय सुनाइएको छ ।

चारवर्ष अघि १६ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले दुईजनालाई १३ वर्ष र एकजनालाई १४ वर्ष जेल सजाय सुनाएको हो ।

गंगाजमुना गाउँपालिका–३ का २७ वर्षीय राजकुमार तामाङलाई १४ वर्ष,३१ वर्षीय बुद्धिमान तामाङ र १९ वर्षीय सुमित गरुङलाई १३र१३ वर्ष जेल सजाय सुनाएको हो ।

जिल्ला न्यायधिस गोपालप्रसाद वास्तोलाको जेठ १६ गतेको ईजलासले जनही १२ वर्ष कैद गर्दै मुद्दा र कसुरदारहरुको अपराधको प्रकृति हेरि कसुरदारमध्ये राजकुमार तामाङलाई थप २ वर्ष र बुद्धिमान तामाङ र सुमित गुरुङलाई थप एकरएक वर्षको कैद सजाय गर्ने ठहर गरेको धादिङ अदालतका श्रेस्तेदार माधव भण्डारीले बागमती कलमलाई जानकारी दिनुभयो ।

कसुरको प्रकृति अनुसार राजकुमार तामाङलाई २० हजार रुपैयाँ जरिवाना गर्ने पनि फैसलामा उल्लेख गरिएको श्रेस्तेदार भण्डारीले बताउनुभयो ।

Between Description 4

उनीहरुले ०७६ चैत १ गते सामुहिक बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय धादिङमा ०७६ चैत २ गते उजुरी दिएका थिए।

उजुरी गरेको दिन धादिङ अस्पतालमा पीडितको स्वास्थ्य परिक्षण गरिएको र जिल्ला अदालतमा ०७६ चैत २८ गते मुद्दा दर्ता भएको थियो ।

पछि पीडक पीडितको डिएनए परिक्षण समेत भएको थियो ।डिएनए परिक्षण प्रतिवेदन समेतको आधारमा मुद्दाको चारवर्षपछि अन्तिम किनारा लागेको हो ।

२१ पटकको पेसीपछि वास्तोलाको ईजलासले ०८१ जेठ ७ गते कसुर कायम गर्नुभएको थियो ।

सामुहिक रुपमा भएको घटना र बलात्कार पछिको प्रमाण संकलनको क्रममा डिएनए परिक्षण गर्न नेपाल विधि विज्ञान प्रयोगशालाबाट प्रतिवेदन आउन ढिलाइ भएपछि मुद्दा फैसलामा समेत ढिलाई भएको धादिङ अदालतका श्रेस्तेदार भण्डारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल