अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद
Pageutter

एसीसी प्रिमियर लिग : हङकङविरुद्धको सहज जितसँगै नेपाल सेमिफाइनलमा

Nikantha Na Pa
एसीसी प्रिमियर लिग : हङकङविरुद्धको सहज जितसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं : एसीसी प्रिमियर लिगमा नेपाल समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार समूह चरणको आफ्नो तेस्रो खेलमा हङकङविरुद्ध आठ विकेटको सहज जित निकालेसँगै नेपालले अन्तिम खेलअगावै अन्तिम–४ को यात्रा निश्चित गरेको हो ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा हङकङले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले १२।२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर आसिफ शेखले ४० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका आसिफले १८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । 

अर्का ओनपर कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्कासहित ३२ रन थपे । यी दुईले पहिलो विकेटका लागि ५।३ ओभरमा ७० रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुआत दिलाएका थिए ।

Sahid Memorial
Pageutter
Pageutter

यस्तै, जितसम्म अविजित रहेका कप्तान रोहितकुमार पौडेलले २५ र सन्दीप जोराले १९ रन जोडे । हङकङका एसान खान र यासिम मुर्तजाले एकरएक विकेट लिए ।

Between Description 4

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनाएको थियो । वर्षाका कारण खेल करिब एक घण्टा ढिलो सुरु भएपछि निर्धारित २० बाट १८ ओभरमा घटाइएको थियो ।

हङकङका अंशुमन रथले ३४ रन बनाए । जिसान अलीले १४ रन थप्दा कप्तान निजाकत खानले १२ र एसान खानले ११ रन जोडे ।

नेपालका अभिनाश बोहराले तीन विकेट लिए । चार ओभर बलिङ गरेका बोहराले २९ रन खर्चिए । ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई र करण केसीले एक विकेट हात पारे ।

लगातार तेस्रो जित निकालेको नेपाल ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको हङकङ चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3