अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

इन्डियन प्रिमियर लिग : चेन्नईसँग मुम्बई २० रनले पराजित

इन्डियन प्रिमियर लिग : चेन्नईसँग मुम्बई २० रनले पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) मुम्बई इन्डियन्सलाई चेन्नई सुपर किंग्सले २० रनले पराजित गरेको छ। २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बावजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो। 

रोहित र इशान शर्माले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै मजबुद सुरुवात गरेका थिए। इशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो। सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक वर्माले ३१ रन जोड्दै टिमलाई केहि आशा दिलाए। तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसकेपछि पराजित भयो। 

मुम्बइका लागि टिम डेभिडले १३ रन जाडे। रोहितले ६३ बलमा ५ छक्का र १ ११ चौकासहित नटआउट १ सय ५ रन बनाए। चेन्नईका मतिशा पाथिरानाले ४ विकेट लिए। तुसार देशपाण्डे र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए।

त्यस अधि हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो। कप्तान ऋतुराज गायकवाड र शिभम दुबेले अर्धशतक बनाए। रितुराजले ४० ६९ रन बनाए  भने  शिभमले ६६ रन जोडे। महेन्द्रसिंह धोनीले ४ बलमा तीन छक्कासहित २० रनको आक्रामक पारी खृले। रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए।

Between Description 4

मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए। पाँचौं खेलमा चौथो खेल जितेको चेन्नई ८ अंकसहित दोस्रो स्थानमा छ। छैटौं खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अंकसहित आठौं स्थानमा छ। 

आइतबार नै भएको पहिलो खेलमा कोलकाता नाइटराइडर्सले लखनउ सुपरजायन्टलाई ८ विकेटले हरायो।  प्रतियोगिता अन्तरगत आज रोयल च्यालेन्जर्स बैगलुरु र सनराइजर्स हैदरबादबीच खेल हुनेछ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल