धादिङ स्पेशल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज

धादिङका गाउँगाउँमा अनुगमन ८ व्यवसायी कारवाहीमा,४० हजार जरिवाना

धादिङका गाउँगाउँमा अनुगमन ८ व्यवसायी कारवाहीमा,४० हजार जरिवाना

धादिङ : जिल्ला बजार अनुगमन समिति धादिङले जिल्लाका गाउँ गाउँमा पुगेर अनुगमन कार्यलाई तिव्र बनाइको छ।

अनुगमन समितिले त्रिपुरासुन्दरी, ज्वालामुखी र नेत्रावती डवजोङ गाउँपालिकाका बिभिन्न क्षेत्रमा अनुगमन गरेको छ । अनुगमनका क्रममा तिन पालिकाका आठ वटा व्यवसायी कारवाहीमा परेका छन् । 

त्रिपुरासुन्दरी गाउँपालिका–२ मा रहेको मधु फ्रेस बेकरी एण्ड फ्रुट कर्नर र हरि पाउरोटी भण्डारलाई १० हजार जरिवाना। ज्वालामूखी गाउँपालिका–२ मा रहेको न्यू मनकामना इन्टरप्राइजेज, खड्कादेवी इन्टरप्राइजेज, मनोज किराना पसल, दर्ता नभएको खाजा घर, भारती होटल र नेत्रावती डवजोङ गाउँपालिका–४ मा रहेको श्रेष्ठ होटल एण्ड खाजा घरलाई ५/५ हजार जरिवाना तिराईएको जिल्ला बजार अनुगमन समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा म्याद गुज्रिएको करिब ३८ हजार रूपैयाँ बराबरकोे सामाग्री जफत तथा नष्ट गरिएको छ । केही दिन अघि मात्रै होलसेलरबाट लगेका सामाग्रीहरुमा समेत एक दुइ साता मात्र म्याद रहेको भेटिएका छन् ।

Between Description 4

व्यवसायीलाई म्याद हेरेर किन्ने र विक्रि गर्न समेत निर्देशन दिइएको संयाजेक पराजुलीले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘खाद्य अनुज्ञापत्र नभएको, बिना इजाजत मदिरा विक्रिका लागि राखेको, बिल बिजक नभएको, लेबल नभएको सामानको विक्रि वितरण गरेको भेटिएका व्यवसायीलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारवाही गरिएको हो ।

धेरैलाई कारवाही गर्नुपर्ने अवस्थामा भेटिए पनि अति नै भएका व्यवसायीहरुलाई मात्र कारवाही गरिएको र ४६ व्यवसायीलाई भने निर्देशन दिईएको उहाँले बताउनुभयो ।

दिएको निर्देशन पालना नगर्ने व्यवसायीलाई आगामी दिनमा कावाहीको दायरामा ल्याउने उहाँको भनाई छ ।

दुर्गम बस्तिमा सञ्चालित व्यवसायीहरुले म्याद गुज्रेको खाद्यान्न विक्रि गरेको भेटिन थालेपछि जनचेतना फैलाउन गाउँ गाउँमा अनुगमन गरिएको जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख मेघनाथ गौतमले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल