धादिङ स्पेशल / शिक्षा / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / शिक्षा / गाउँ-समाज

एसइई आजदेखि सुरु, धादिङबाट ४ हजार ९ सय परिक्षार्थी सहभागी हुँदै

देशभरबाट पाँच लाखबढि परिक्षार्थी सहभागी

एसइई आजदेखि सुरु, धादिङबाट ४ हजार ९ सय परिक्षार्थी सहभागी हुँदै

धादिङ : माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आजदेखि शुरु हुदै छ । आजदेखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षा विहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न परीक्षामा खटिने केन्द्राध्यक्षलगायत जनशक्तिलाई अभिमुखीकरण गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार सामुदायिक तथा संस्थागत गरी १० हजार ८ सय ६ विद्यालयका दुई लाख ५० हजार ७ सय ७२ छात्रा, दुई लाख ५३ हजार ६ सय २७ छात्र र अन्य १५ जना गरी कूल पाँच लाख चार हजार ४ सय १४ परीक्षार्थी सहभागी हुदै छन् ।

कूल परीक्षार्थीमध्ये ५ सय ६ विद्यालयका १५ हजार ७ सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फ रहेको बोर्डले जानकारी दिएको छ । त्यसैगरी परीक्षामा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका १५ जना परीक्षार्थी सहभागी हुदै छन् ।

त्यस्तै परीक्षाका लागि दुई हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। यसैगरी यसवर्ष धादिङ जिल्लाबाट १ सय ५९ बिद्यालयका ४ हजार ९ सय ११ परिक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ सय ७ जना प्राबिधिक तर्फका र ग्रेडबृद्धी तर्फ २१ जना परिक्षार्थीले परिक्षा दिने जिल्ला शिक्षा समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

परिक्षाका लागि जिल्लामा २४ वटा परिक्षा केन्द्र तोकिएको छ । उहाँका अनुसार प्रत्येक केन्द्रमा प्रहरी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरिक्षकको व्यवस्थापन भईसकेको छ भने उत्तरपुस्तिका र प्रश्नपत्र पुगिसकेको छ । विगतका बर्षमा २६ वटा परिक्षा केन्द्रबाट परिक्षा सञ्चालन गरिएकोमा यसबर्ष २ वटा केन्द्र घटाईएको छ ।

बिद्यार्थी संख्या घटेर परिक्षा दिने बिद्यार्थी एक सय पनि नपुगेपछी केन्द्र घटाईएको श्रेष्ठले बताउनुभयो । उहाँको अनुसार रुवी भ्याली गाउँपालिकाको मुक्रावदेबी मावि र सिद्धलेक गाउँपालिकाको सिद्धेश्वर माविमा परिक्षा केन्द्र हटाईएको छ ।

उहाँले परिक्षालाई मर्यादित र शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्लामा गत बर्षको तुलनामा यस वर्ष झण्डै पाँच सय परिक्षार्थी कम रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
4 %
WOW
11 %
 Like
23 %
Laugh
26 %
Sad
4 %
Angry
32 %
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल