धादिङ स्पेशल / थाक्रे / गाउँ-समाज / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे / गाउँ-समाज / दुर्घटना

धादिङ थाक्रेमा बोलेरो दुर्घटनामा एकजनाको मृत्यु‚ ५ घाइते

Mahotsap
धादिङ थाक्रेमा बोलेरो दुर्घटनामा एकजनाको मृत्यु‚ ५ घाइते

धादिङ : धादिङको थाक्रे गाउँपालिकामा भएको बोलेरो दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने चालक सहित ५ जना घाइते भएका छन्।

नौबीसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे-८ काउलेका ८० वर्षीय शेरबहादुर तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।

मृतक तामाङको शव पोष्ट मार्टमका लागि गजुरी अस्पताल लगिएको छ। आज दिउँसो भएको दुर्घटनाका घाइते हुनेहरूमा सोही ठाउँका चालक विष्णु स्याङताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन्।

Between Description 4

घाइतेहरूको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ। सिङ्गल क्याबिनको उक्त बोलेरो सडकबाट १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल