Weather : 19.12° Celsius Kathmandu
धादिङ : फागुन ११ गते देखी धादिङबेशीमा नीलकण्ठ क्याम्पस कबड्डी कप हुने भएको छ।
अखिल (क्रान्तिकारी) नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीको आयोजनामा धादिङबेशीस्थित कर्भड हल परिसरमा ११ र १२ गते कबड्डी कप हुने ईकाई सदस्य सपना दाहालले जानकारी दिनुभयो।
प्रतियोगितामा नीलकण्ठ क्याम्पसका छात्रहरु र नीलकण्ठ माध्यमिक विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत छात्र सहभागि हुन पाउने र सहभागिताको लागि १० गतेसम्म टिम दर्ता गराउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार र द्धितिय हुनेले ५ हजारसहित कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।