Weather : 19.12° Celsius Kathmandu
सल्यान : सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बुधबार बिहान बागचौर नगरपालिका ५ बांगेलाखुरीमा ना ७ ख ९७८२ नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा रा ४ प १४६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बागचौर नगरपालिका १२ बाफुखोलाका ४६ वर्षीय वीरबहादुर ओली गम्भीर घाइते भएका थिए।
सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए।
उनका अनुसार घाइते ओलीको ढाड र शरीरमा चोट लागेको छ। मोटरसाइकल चालक र टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ।