धादिङ स्पेशल / बेनिघाट / गाउँ-समाज / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / बेनिघाट / गाउँ-समाज / दुर्घटना
Pageutter

धादिङमा बस र ट्रक ठोक्कियो,२० भन्दा बढि घाईते

Nikantha Na Pa
धादिङमा बस र ट्रक ठोक्कियो,२० भन्दा बढि घाईते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना भन्दा बढि घाईते भएका छन्।

काठमाडौबाट चितवन तर्फ जादै गरेको बा ५ ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु २ ख ५२६८ नम्बरको ट्रक हिलटप मोडमा आज विहान करिब १०ः२० बजे एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।

Sahid Memorial
Pageutter
Pageutter

घाइतेहरुको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताउनुभयो । बसका चालक सहित ३ जना गम्भिर घाईते रहेका छन्। घाईतेहरुको विवरण भने आउन बाँकी रहेको छ ।

Between Description 4

बसमा काठमाडौँस्थित कलकींबाट चितवन देवघाट हिँडेका ३० जना तिर्थयात्री रहेको खुलेको छ । दुर्घटनापछि पृथ्वी राजमार्ग एकतर्फी सुचारु रहेको डिएसपी जैसवारले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3