नीलकण्ठ / खेलकुद

गृहपृष्ठ नीलकण्ठ / खेलकुद

अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्दै नीलकण्ठ नगरपालिका

अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता आयोजना गर्दै नीलकण्ठ नगरपालिका

नीलकण्ठ नगरपालिकाको आयोजनामा अन्तरपालिका स्तरीय फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले यही फागुन ५, ६ र ७गते धादिङबेसी स्थित धादिङ फुटसल एकेडेमीको मैदानमा प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

 

जनप्रतिनिधि तथा कर्मचारीले मात्रै सहभागीता जनाउन पाउने गरि सञ्चालन हुने प्रतियोगितामा विजेताले रु १ लाख, उपविजेताले रु ५० हजार र तृतीय हुने टिमले रु २५ हजार पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने नगरपालिकाका सुचना प्रणाली अपरेटर रोशन कोइरालाले जानकारी दिए । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु ५ हजार पाउने उनले बताए । फागुन ४ गतेसम्म टिम दर्ताको समय रहेको र एउटा टिममा ९ जना खेलाडी, १ जना प्रशिक्षक र १ जना व्यवस्थापक गरि कुल ११ जना रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल