Weather : 21.12° Celsius Kathmandu
धादिङ - नेकपा एमाले धादिङको नवौं जिल्ला अधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ !
निर्बाचन समितिले दिएको जानकारी अनुसार बुधबार बिहान ८ बजेसम्मका लागि मनोनयन दर्ताको समय तोकिएको छ !
निर्बाचन समितिले ५ सय ७८ जना प्रतिनिधिको मतदाता नामावली प्रकाशन गरेको छ ।
बुधबार बिहान उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरी उपर छानविन र निर्णय, उम्मेदवारीको उम्मेदवारी नामावली पुन:प्रकाशन, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन लगायतको काम सकेर दिउँसो साढे १ बजेबाट मतदानको प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत विश्वराज अधिकारीले जानकारी दिए ।
गत माघ १९ गते औपचारिक उद्घाटनसत्र सकेर बन्दसत्र सुरु हुँदै गर्दा आन्तरिक विवादका कारण स्थगित भएको बन्दसत्र आजबाट पुनः संचालनमा ल्याइएको हो ।
बन्दसत्रको अध्यक्ष मण्डल, प्रतिनिधि छनौट, प्रतिनिधि छनौटको विधि र प्रक्रिया लगायत विवादित बनेका विषयमा दुुबैपक्षबीच सहमति जुटेपछि बन्दसत्र सुरु भएको केन्द्रिय संगठन विभागका सचिव माधव ढुंगेलले बताए । नेकपा एमाले धादिङको बन्द सत्रले आगामी कार्याकालका लागि १ सय ५ सदसीय नयाँ नेतृत्व चयन गर्नेछ भने ७ सदस्यीय लेखा समिति चयन गर्नेछ !
यी पदमा हुदैछ निर्बाचन