धादिङ स्पेशल / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / संस्कृति/पर्यटन / गाउँ-समाज

धादिङमा फागुन ५ देखि राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता, देशभरबाट ४८ समुह सहभागी हुँदै

Mahotsap
धादिङमा फागुन ५ देखि राष्ट्रिय रनिङ शिल्ड दोहारीगीत प्रतियोगिता, देशभरबाट ४८ समुह सहभागी हुँदै

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका–७,चरौंदीमा ७ औं राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा फागुन ५ गतेदेखि ८ गते सम्म राष्ट्रिय रनिङ्ग शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०८० हुने भएको हो । सोमबार चरौंदीमा प्रतिष्ठानले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

प्रतियोगिताको समुद्घाटन नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले गर्नुहुने प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताउनुभयो ।

नेपालको मौलिक र संकृतिलाई बचाई राख्नको लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष मगरले बताउनुभयो। प्रतियोगितामा उत्कृष्ट प्रतिस्पर्धी समूहहरुबाट सर्वोत्कृष्ट छनौट गरिने उहाँको भनाई छ ।अनुभवी अग्रज कलाकारहरु निर्णायक रही प्रतिभावान र उत्कृष्ट कलाकारहरुको बीचमा दोहोरी खेलाईने छ ।

Between Description 4

उक्त कार्यक्रमको सम्पूर्ण अडियो, भिडियो राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आफ्नै अफिसियल युट्युब च्यानलबाट प्रकाशन तथा प्रशारण गरिने, संस्थाको आधिकारिक फेसबुक पेज र युट्युबबाट समेत लाइभ प्रशारण गरिने र प्रतियोगिता करिब ५० लाख नेपाली दर्शकले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष मगरले बताउनुभयो ।

कार्यक्रम करीब तीस हजार दर्शकले प्रत्यक्ष अवलोकन गर्ने साथै विभिन्न माध्यम मार्फत स्वदेश तथा विदेशमा रहनुहुने करिव पचास लाख नेपाली र नेपाली भाषी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल