अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

स्पानिस ला लिग : जिरोनालाई ४–० ले पराजित गर्दै रियलले बनायो ५ अंकको अग्रता

स्पानिस ला लिग : जिरोनालाई ४–० ले पराजित गर्दै रियलले बनायो ५ अंकको अग्रता

काठमाडौं : स्पानिस ला लिगमा शनिबार राति भएको खेलमा शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको जिरोनालाई ४–० ले पराजित गरेको छ ।

उपाधि दाबेदार दुई टोलीबीचको भिडन्तमा जुड बेलिङघमको दुई गोलमा रियलले सहजै जित निकाल्यो । यस जितपछि रियलले जिरोनामाथि नै ५ अंकको अग्रताबनाउँदै उपाधि होड बलियो बनाउँदैछ ।

घरेलु मैदानमा रियलका लागि बेलिङघमले ३५ र ५४ मिनेटमा गोल गरे । यस्तै भिनिसियस जुनियरले छैटौं तथा रोड्रिगोले ६१ मिनेटमा गोल गरे । जितपछि रियले २४ खेलबाट ६१ अंक जोडेको छ । 

दोस्रो स्थानको जिरोनाको समान खेलबाट ५६ अंक छ । यस सिजन उत्कृष्ट प्रदर्शन गरेको जिरोनाको यो दोस्रो हार मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल