अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

एसियन कप : जोर्डनलाई ३–१ ले पराजित गर्दै कतारले दोस्रो पटक जित्यो उपाधि

एसियन कप : जोर्डनलाई ३–१ ले पराजित गर्दै कतारले दोस्रो पटक जित्यो उपाधि

काठमाडौं : कतारले लगातार दोस्रो पटक एएफसी एसियन कपको उपाधि जितेको छ ।

घरेलु मैदानमा शनिबार भएको फाइनलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि रक्षा गरको हो । कतारको जितमा अक्रम अफिफले ह्याट्रिक गरे । उनले सबै गोल पेनाल्टीमा गरेका थिए ।

खेलको २२औं मिनेटमा अफिफे पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा याजन अल नाइमतले जोर्डनका लागि बराबरी गोल फर्काए ।

त्यसपछि कतारले थप दुई पेनाल्टी पायो । जसमा अफिफले नै गोल गरे । उनले ७३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै कतारलाई २-१ को अग्रता दिलाए । यस्तै इन्जुरी टाइमा पनि पेनाल्टीमा गोल गरी ह्याट्रिक पूरा गरे भने कतारको जित पक्का गरे ।

कतारले यसअघि २०१९ मा पनि उपाधि जितेको थियो र लगातार दोस्रो पटक एसियन कप जित्ने पाँचौं टोली बन्यो । कतारका अक्रम अफिफ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । साथै ८ गोल गरेका अफिफले सर्वाधिक गोलकर्ताको अवार्ड पनि पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल