अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई भुटानले दियो ६६ रनको लक्ष्य

एसीसी वुमन्स प्रिमियर कप : नेपाललाई भुटानले दियो ६६ रनको लक्ष्य

काठमाडौं : भुटानले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा नेपाललाई ६६ रनको सामान्य लक्ष्य दिएको छ । बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनायो ।

भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाइन् । भुटानकी ओपनर यक्षे चोडेनलाई नेपालकी तीव्र गतिकी बलर कविता कुँवरले १ रनमा बोल्ड गरेकी थिइन् ।

छिरिङ जान्ग्मो ३५ बलमा १ चौकासहित १६ रनमा आउट भइन् । सीता रानामगरको फुलटस बलमा अघि बढेर सट खेल्ने धुनमा काजोल श्रेष्ठबाट स्टम्पिङ आउट भएकी थिइन् । कप्तान तथा विकेटकिपर डेचन वान्ग्मो २१ बलमा ३ चौकासहित १७ रनमा आउट भइन् ।

Between Description 4

नेपालकी कविता कुँवर, इन्दु बर्मा र सीता रानामगर र कविता जोशीले समान एकरएक विकेट लिए। नेपालले पहिलो खेलमा हङकङलाई ८ विकेटले हराएको थियो । समूह डी मा नेपालको लगातार दोस्रो जित हात पार्न चाहन्छ । 

नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ । आजको जित हात पार्न सके नेपालको क्वाटरफाइनल पक्कापक्की जस्तै बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल