धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

आफैंले चलाएको विधुतीय आरोले काटेर धादिङमा एक जनाको मृत्यू

आफैंले चलाएको विधुतीय आरोले काटेर धादिङमा एक जनाको मृत्यू

धादिङ : धादिङमा आफैले चलाएको विधुतीय आरोले काटेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–८ साँघुटारका ३८ वर्षिय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।

अमरावती सामुदायीक बन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विधुतीय आरो आफ्नै ज्यानमा रेटिदा घाईते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जैसवारले बताउनुभयो।

रुख काट्दा आफैले चलाएको आरो उछिट्टिएर आँफैतिर लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।आराले मृतक श्रेष्ठको पेट र छातीको बायाँभागमा काटिएको थियो ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल