Weather : 16.12° Celsius Kathmandu
काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको एक र राष्ट्रिय सभा अन्तर्गतको दुई संसदीय समितिको बैठक बस्दैछ। तीन वटै बैठक बिहान ११ बजे बस्नेछ।
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सुरक्षा मुद्रण विधेयकबारे छलफल गर्ने कार्यसूची राखिएको संसद् सचिवालयले जनाएको छ।
राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा संघीय संसद भवन निर्माणको हालसम्मको प्रगतिको सम्बन्धमा छलफल हुनेछ।
यस्तै राष्ट्रिय सभा अन्तर्गतकै राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनामा दिगो विकास लक्ष्य तथा लैंगिकमैत्री दृष्टिकोणबाट निर्माण गर्न समावेश गर्नुपर्ने सुझावका सम्बन्धमा छलफल हुने कार्यसूची सचिवालयले जनाएको छ।