अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

नेपाल र क्यानडाबीचको खेलको प्रत्यक्ष प्रसारण एक्शन स्पोर्ट्स एचडी र डिशहोम गो मा

नेपाल र क्यानडाबीचको खेलको प्रत्यक्ष प्रसारण एक्शन स्पोर्ट्स एचडी र डिशहोम गो मा

काठमाण्डौ : नेपाल र क्यानडाबीच ३ वटा खेलको एकदिवसीय क्रिकेट शृङ्खला भोलिदेखि शुरु हुँदैछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले यसअघि नै रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । 

नेपालको टोलीमा रोहितसँगै आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल शाह छन् ।

प्रतियोगिताको पहिलो खेल भोलि (बिहीवार) दोस्रो खेल आउँदो शनिवार र अन्तिम खेल सोमवार हुनेछ । सबै खेल कीर्तिपरको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि शुरु हुनेछ ।

यो खेल एक्शन स्पोर्ट्स एचडी र डिशहोम गो मा प्रत्यक्ष प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल