धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / ज्वालामुखी / गाउँ-समाज / अपराध

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङका अशोक श्रेष्ठ पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङका अशोक श्रेष्ठ पक्राउ

धादिङ : बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठ रहेका छन् । 

उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठलाई उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद र ७ लाख रूपैयाँ जरीवाना ठहर गरेको थियो।

त्यसपछि फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
100 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल