धादिङ स्पेशल / गल्छी / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / गाउँ-समाज / अपराध

१० किलो गाँजा र ७४ हजार नगदसहित धादिङका एक जना पक्राउ

१० किलो गाँजा र ७४ हजार नगदसहित धादिङका एक जना पक्राउ

धादिङ : मकवानपुरको थाहा नगरपालिका–८ गल्छीबाट अवैध लागूऔषध गाँजा करिब १० किलो र नगद ७४ हजार ९ सय ९५ रूपैयाँसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–८ महादेवखर्क बस्ने ४३ वर्षीय सानुकान्छा स्याङतान रहेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बुधबार साँझ उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल