Weather : 20.12° Celsius Kathmandu
धादिङ नवौं धादिङ महोत्सव आजबाट सुरु भएको छ । गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदीको किनारमा आयोजित महोत्सवको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गरेको छ ।
‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने नारासहित माघ १० गते अर्थात आजदेखि २१ गतेसम्म संचालन हुनेछ ।
महोत्सव उद्घाटन पुर्व पृथ्वीराजमार्गको ठाउँठाउँबाट विभिन्न जातीय पहिचान र भेषभुषा झल्काउने गरी ¥याली निकालेका छन् ।
जिल्ला भित्रका कृषिजन्य उत्पादन र जल यात्रालाई प्राथमिकता दिने उद्देश्यले पृथ्वी राजमार्ग र त्रिशुली नदीको किनारमा महोत्सव आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिए ।
नवौ धादिङ महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको लक्ष्य लिएकोे छ ।
पर्यटन कृषि, घरेलु उद्योग लगायत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने खालका दुई सय ५० स्टलहरु रहेको संघका महासचिव तिलक सिंखडाले जानकारी दिए । महोत्सवमा पाँच करोड भन्दा बढीको व्यापार हुने बताइएको छ ।