धादिङ स्पेशल / गजुरी / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / संस्कृति/पर्यटन / गाउँ-समाज

नवौं धादिङ महोत्सव आजदेखी,मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने

Mahotsap
नवौं धादिङ महोत्सव आजदेखी,मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने

धादिङ : नवौं धादिङ महोत्सव आजदेखी सुरु हुदैँछ ।गजुरी गाउँपालिका वडा नं ५ गलौँदी स्थित त्रिशुली किनारमा हुने महोत्सवको तयारी पुरा भएको छ ।

धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा गजुरी गाउँपालिकाको संरक्षकमा ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनारासहित हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिनुभयो ।

महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्ने भएका छन् । महोत्सव उद्घाटन सुरुहुनु अघि माघ १० गते गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भल्कने भेषभूषा सहितको ¥याली निकालिने थपलियाले बताउनुभयो।

महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने रहेको अध्यक्ष थपलियाको भनाई छ ।

Between Description 4

घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ हुने, मेला अवधिभर कृषि तथा ¥याफ्टिङका बारेमा विशेषज्ञहरुबाट जानकारी गराइने छ भने स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने अध्यक्ष थपलियाले बताउनुभयो।

२४० स्टल रहने महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन हुने,महोत्सव अवधिभर रमाइलो मेला,राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरिने जनाएको छ।

महोत्सवको आज पहिलो दिन कलाकार प्रजापती पराजुली, कृष्ण प्रसाद गौत्तम, नेत्रमणी बास्तोला, भरत बराकोटी, श्रृष्टि बिश्वकर्मा लगाएतका कलाकारहरुको प्रस्तुति हुने धादिङ उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य रोहित भण्डारीले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल