धादिङ स्पेशल / गजुरी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी / गाउँ-समाज

नवौं धादिङ महोत्सव १० गतेदेखि,महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने

नवौं धादिङ महोत्सव १० गतेदेखि,महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने

धादिङ : गजुरी गाउँपालिका५ गलौँदी स्थित त्रिशुली किनारमा माघ १० गतेदेखि हुने नवौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

धादिङ उद्योग वाणिज्य संघको आयोजना तथा गजुरी गाउँपालिकाको संरक्षकमा ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूलनारासहित माघ १० गतेदेखि २१ गतेसम्म हुने महोत्सवको उद्घाटन मुख्यमन्त्री जम्कट्टेलले गर्ने तय भएको संघका अध्यक्ष विष्णु थपलियाले जानकारी दिनुभयो ।

महोत्सव उद्घाटन सुरुहुनु अघि माघ १० गते गजुरी बजारबाट बाजागाजा सहित जातिय पहिचान भल्कने भेषभूषा सहितको ¥याली निकालिने थपलियाले बताउनुभयो।

महोत्सवको मुख्य आकर्षण पर्यटन कृषि, घरेलु उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको विकास तथा साँस्कृतिक र पर्यटन क्षेत्रको प्रवर्द्वनमा टेवा पु¥याउने रहेको अध्यक्ष थपलियाको भनाई छ ।

घाटबेसी–गलौंदी सम्म र गलौंदी स्थित त्रिशुलीमा दुई प्याकेज बनाएर ¥याफ्टिङ हुने, मेला अवधिभर कृषि तथा ¥याफ्टिङका बारेमा विशेषज्ञहरुबाट जानकारी गराइने छ भने स्थानीय उत्पादनलाई महत्व दिँदै कृषि पदर्शनी र घरेलु सामाग्री प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको समेत व्यवस्था गरिने अध्यक्ष थपलियाले बताउनुभयो।

२४० स्टल रहने महोत्सवमा कृषि, दुग्धजन्य पदार्थ, हस्तकलाबाट निर्मित सामग्री, धादिङका खनिजजन्य पदार्थ, जडीबुटी प्रदर्शन हुने,महोत्सव अवधिभर रमाइलो मेला,राष्ट्रिय तथा स्थानीय कलाकारहरुले मनोरञ्जन प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल