धादिङ स्पेशल / गल्छी / कला/साहित्य / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गल्छी / कला/साहित्य / गाउँ-समाज

धादिङका कुशल अधिकारी ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा

धादिङका कुशल अधिकारी  ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा

धादिङ : धादिङका कुशल अधिकारी ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा पुग्न सफल भएका छन् ।

गल्छी गाउँपालिका६ मुल घर भएका कुशल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन ३’ का लागि डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर ३० मा पर्न सफल भएका हुन् ।

प्रतियोगीताका लागि डिजिटल अडिशनबाट १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको थियो । ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिदा कुशल पनि सुपर ३० मा पुग्न सफल भएका हुन् ।

कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी समेत जितेका थिए। सदरमुकाम धादिङबेसीमा बस्दै आएका कुशल नीलकण्ठ माध्यामिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन् ।

प्रसारणको तयारीमा रहेको तेस्रो सिजनमा १३ वर्षकी बालिकादेखि जेष्ठ नागरिक सम्म प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ। निर्णायकमा हास्य कलाकारद्वय सन्तोष पन्त,मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहने छन्।

शोको पहिलो सिजनमा हिमेश पन्त, दोस्रोमा भरतमणि पौडेल विजेता भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल