राजनिति

गृहपृष्ठ राजनिति

नेविसंघ धादिङले सुरु गर्यो १ महिने संगठन विस्तार तथा प्रशिक्षण अभियान

नेविसंघ धादिङले सुरु गर्यो १ महिने संगठन विस्तार तथा प्रशिक्षण अभियान

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ धादिङले आफ्नो १ महिने संगठन विस्तार तथा प्रशिक्षण अभियानको सुरुवात गरेको छ । आज जिल्लाको गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसमा एक कार्यक्रमको बिच अभियानको उद्घाटन भएको हो ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष सुदिप गौलीको अध्यक्षता र नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं अग्रज नेता हरि अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति कुमार बहादुर सिंखडा, प्रदेश सांसद मधुकुमार श्रेष्ठ, पूर्व क्षेत्रीय सभापतिहरु जिवनाथ ढकाल र माधवराज पाण्डेको विशेष आतिथ्यता रहेको थियो ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि प्रभातकिरण सुवेदी, रमेश विश्वकर्मा, महाधिवेशन प्रतिनिधि एवं नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य लक्ष्मी सिलवाल, पूर्व केन्द्रिय कोषाध्यक्ष एवं सह महामन्त्री बद्री अर्याल, पूर्व जिल्ला अध्यक्ष दीपक कोइराला, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय सभापति विष्णु प्रसाद रुपाखेती, पूर्व महासमिति सदस्य कविता इटनी, प्रतिनिधि सभा क्षेत्रीय सचिव श्रीराम खतिवडा, कोषाध्यक्ष प्रेमनाथ कँडेल, प्रवक्ता बैकुण्ठमान जोसी, पूर्व क्षेत्रीय सभापति रविसुदन थापाको आतिथ्यता रहेको थियो । 

त्यस्तै नेपाली कांग्रेस गल्छी गाउँपालिकाका सभापति एवं नेविसंघ धादिङका पूर्व जिल्ला अध्यक्ष दीपक कार्की, सिद्धलेक गाउँपालिकाका सभापति रामशरण गिरी, नेविसंघका केन्द्रिय सदस्य हरि अधिकारी, प्रविण जमकटेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस तथा नेविसंघका विभिन्न तहका पदाधिकारी तथा प्रतिनिधिहरु विभिन्न क्याम्पसका स्ववियु तथा इकाइका प्रतिनिधिहरु सहित अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

माघ महिनाभर जिल्लाभित्र रहेका विद्यालय तथा क्याम्पसहरुमा नेविसंघको संगठन विस्तार अन्तर्गत इकाइ कमिटीको निर्माण र नेविसंघको वारेमा प्रशिक्षण दिइने कार्यक्रम रहेको जिल्ला अध्यक्ष सुदीप गौलीले जानकारी दिए । लामो समयदेखी नेविसंघको अधिवेशन नहुँदा विद्यालय तथा क्याम्पसमा इकाइ नरहेको र यसले गत चैत्रमा सम्पन्न स्ववियु निर्वाचनमा ठूलो असर गरेकोले जिल्लाभर संगठन विस्तार गरि छिट्टै जिल्ला अधिवेशनको तयारी गरिने उनले बताए । साथै यस अभियानमा आ आफ्नो तहबाट सकेको साथ सहयोग र समन्वयका लागि पार्टी तथा नेविसंघका सम्पूर्ण पदाधिकारीहरु तथा सुभेच्छुकहरुमा अपिल समेत गरे ।   

कार्यक्रममा बोल्ने वक्ताहरुले हाल नेविसंघ धादिङ भित्र देखिएका केही असमझदारीहरुलाई छिट्टै समाधान गरि नेविसंघ धादिङलाई एक ढिक्का बनाएर लैजानुपर्ने र सोको लागि नेपाली कांग्रेस जिल्ला कार्य समितिले यथाशिघ्र पहल गर्नुपर्ने बताए ।

हाल पार्टीको जिल्ला सभापति र २ नं क्षेत्रीय सभापतिले नेविसंघ धादिङका अध्यक्ष र सदस्यहरुको अस्तित्व स्वीकार नगरेको कारण नेविसंघ चलायमान हुन नसकेको र यसले समग्र पार्टी र भातृ संस्थालाई नै धरासायी बनाउने उनीहरुको भनाइ छ ।

कार्यक्रममा नेपाल विद्यार्थी संघ धादिङले तयार पारेको नेविसंघको परिचय झल्किने ब्रोसरको समेत विमोचन गरिएको र उपस्थित विद्यार्थीहरुलाई वद्री अर्याल, दीपक कोइराला, रविसुदन थापा, लक्ष्मी सिलवाल र प्रविण जमकटेलले विभिन्न विषयमा प्रशिक्षण दिइएको नेविसंघ धादिङका सदस्य रोशन कोइरालाले जानकारी थिए ।

तस्विर सौजन्य : विवेक धरेल / सदस्य, नेविसंघ धादिङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल