धादिङ स्पेशल / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / गजुरी

नवौं धादिङ महोत्सव माघ १० गतेदेखि,त्रिशुलीमा जलयात्रा पहिलो प्राथमिकता

नवौं धादिङ महोत्सव माघ १० गतेदेखि,त्रिशुलीमा जलयात्रा पहिलो प्राथमिकता

धादिङ : नवौं धादिङ महोत्सव आगामी माघ १० गतेदेखी हुने भएको छ। 

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, जलश्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित धादिङ उद्योग वाणिज्य संघको आयोजनामा गजुरी गाउँपालिका–५ गलौदीस्थित त्रिशुली नदी किनारमा माघ १० गतेदेखि २१ गतेसम्म महोत्सव हुने भएको हो ।

शुक्रबार उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी नवौ धादिङ महोत्सवको बारेमा जानकारी गराएको छ । संघका अध्यक्ष विष्णु थपलियाले कृषि, पर्यटन, औद्योगिक, व्यापारिक प्रदर्शनी साथै स्थानीय उत्पादनको प्रचार प्रसार र प्रवद्र्धन गर्न तथा जिल्लाको सास्कृतिक विविधता संरक्षणको अपेक्षा सहित महोत्सव आयोजना गरिएको बताएको बताउनुभयो ।

१५० वटा स्टल रहने महोत्सवमा ५० वटा स्टलहरु जिल्ला भित्रका विभिन्न प्रकारका सेवा र वस्तुहरुको प्रवद्र्धधनात्मक र पहिचान झल्कने गरी १३ वटै स्थानीय तहसँगको सहकार्यमा निशुल्क प्रदान गरिने अध्यक्ष थपलियाले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘महोत्सवको पहिलो प्राथमिकता पर्यटन प्रवद्धनको लागी त्रिशुलीमा जलयात्रा रहेको छ भने घरेलु उत्पादन, कृषि उत्पादन, स्थानीय पहिचानसहितको वस्तु तथा सेवा प्रवद्र्धनमा जोड दिइनेछ।’

महोत्सवको आम्दानीबाट संघको संस्थागत विकाससँगै व्यवसायिक पुस्तकालय सहितको व्यवसायिक सुचना केन्द्र र सुविधा सम्पन्न सभाहल निर्माणको योजना रहेको पनि पत्रकार सम्मेलनमा अध्यक्ष थपलियाले बताउनुभयो ।

२०६४ सालबाट महोत्सव गर्न थालेको धादिङ उद्योग वाणिज्य संघले त्रिशुली किनारमा आयोजना गरिएको यो नवौं सस्करण हो भने गलौदीमा तेस्रो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल