धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / गाउँ-समाज

निलकण्ठ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

निलकण्ठ नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

धादिङ : नीलकण्ठ नगरपालिकाले आफ्नो प्रशासनिक भवनको शिलान्यास गरेको छ। आज निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङगाना, उपप्रमुख दिपक विश्वकर्मा र प्रमुख प्रशासकिय अधिकृतले संयुक्त रुपमा भवन निर्माणको शिलान्यास गर्नुभएको छ ।

भूमिगत तला सहितको ५ तले सुविधा सम्पन्न भवन बन्न लागेको हो । भवनमा एकैपटकमा ९ जना मानिसको क्षमता भएको लिफ्टको समेत व्यवस्था रहने छ । भवनको भुई तलामा लेखा शाखा,स्वास्थ्य शाखा र प्राविधिक शाखा रहने छ । 

पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष,शिक्षा शाखा र नगरप्रमुखको कार्य कक्ष रहने छ । यसैगरी दोस्रो तलामा उप–प्रमुखको कक्ष र न्यायीक हल रहने छ भने तेस्रो तलामा सेमिनार हल रहने छ भने चौथो तलामा आवासको व्यवस्था गरिएको छ ।

भवनको शिलान्यास गर्दै नीलकण्ठ नगरपालिकाका प्रमुख ढुङ्गानाले नगरपलिकाका सेवाग्राहीले एकै ठाउँबाट सरल सहज र छिटो सेवा प्रदान गर्ने उदेश्यका साथ भवन शिलान्यास गरिएको बताउनुभएको छ । निर्वाचनको समयमा हरेक नगरपालिकाका वडाका कार्यालयको आफ्नै भवन हुने प्रतिवद्धता अनुसार काम भइरहेको पनि उहाँले बताउनुभएको छ ।

त्यस्तै नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले आगामी दिनमा भवन निर्माणको कामलाई निरन्तर अनुगमन गरी आवश्यक कुरा परिपूर्ति गर्दै समयमा नै निमार्ण सम्पन्न हुने गरी काम गर्न आग्रह गर्नुभएको छ ।

त्यसैगरी निर्माण कम्पनीका प्रबन्धक निर्देशक शैलेश कार्कीले भवन आयोजना छिटो,छरितो र गुणस्तर कायम गरी समय अगावै निमार्ण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । भवन ४ हजार ५ सय २३.८७ वर्गफिटको क्षेत्रफलमा रहने छ ।

वि.सं २०८० कार्तिक २१ गते सम्झौता भएको भवन वि।सं २०८३ वैशाख २० सम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा अनेक्षा फुलमुन जेभीले पाएको छ ।

भवन निर्माणका लागि १२ करोड ७० लाख ५२ हजार ३ सय ९१ रुपैँयामा सम्झौता भएको छ । यद्यपी १८ करोड ५६ लाख ७२ हजार १ सय ७१ रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान नगरपालिकाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल