शिक्षा / गाउँ-समाज

गृहपृष्ठ शिक्षा / गाउँ-समाज

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, परीक्षा नहुने हल्लाको पछि नलाग्न बोर्डको आग्रह

यो वर्षको एसईई चैतको पहिलो हप्ता हुने, परीक्षा नहुने हल्लाको पछि नलाग्न बोर्डको आग्रह

काठमाण्डौ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० हुनेरनहुनेबारे दोधारमा नपर्न आग्रह गरेको छ ।

शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय शिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले चैतको पहिलो हप्ता परीक्षा हुने भएकाले दोधारमा नपर्न र परीक्षा नहुने हल्ला नगर्न आग्रह गर्नुभएको हो ।

उहाँले वार्षिक क्यालेन्डर अनुसार माघको पहिलो हप्ता रुटिन निकालेर चैतको पहिलो हप्ता परीक्षा हुने स्पष्ट पार्नुभयो ।

संसदमा छलफलका क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेकाले हुनेरनहुने अन्योल रहेको थियो । तर अध्यक्ष शर्माले समितिमा छलफल भइरहेको विधेयकले परीक्षामा कुनै असर नगर्ने बताउनुभयो ।

उहाँले प्रश्नपत्र तयार पार्ने र रुटिन निकाल्ने काम बोर्डले गर्ने र व्यवस्थापन प्रदेशले गर्ने बताउनुभयो । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन भइरहेकाले त्यहाँ पनि समयमै परीक्षा हुने शर्माको भनाइ छ ।

यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । 

यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ,  ३५ ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल