गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ गाउँ-समाज / स्वास्थ्य

कोभिड–१९ नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी, नेपालमा सात जनामा संक्रमण

Mahotsap
कोभिड–१९ नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी, नेपालमा सात जनामा संक्रमण

धादिङ : कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ ।

नेपालमा पहिलोपटक देखिएको जेएन–१ अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले बताउनुभयो।

बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको र रोगको जटिलता र मर्ने दर भने कम रहेको उहाँको भनाई छ ।

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन जिन सिक्वेन्सिङ गर्दा १६ पोजेटिभ नमूना परीक्षण गर्दा सात जनामा ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ पुष्टि भएको थियो ।

Between Description 4

मन्त्रालयले सङ्क्रामक दर बढी भएकाले भीडभाड हुने स्थान जस्तै मेला, भोज, पार्टी आदिमा जनस्वास्थ्यका मापदण्डजस्तै मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन सबैलाई अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल