Weather : 8.5° Celsius Kathmandu
धादिङ : राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद९डीपी०अर्यालले आज धादिङमा सार्वजनिक सुनुवाइ गर्दै छन्।
जिल्लाको सबै सरकारी निकायको प्रतिनिधित्व रहने सार्वजनिक सुनुवाइ आज दिउँसो साढे १२ बजे जिल्ला समन्वय समितिको हलमा हुने सांसद अर्यालका स्वकीय सचिव केशव रानाले जानकारी दिए।
सेवाग्राहीले विकास निर्माणदेखि स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षा लगायतका विषयमा आफ्ना चासो, गुनासा, प्रश्न र सुझावहरू एकै ठाउँबाट प्रत्यक्ष राख्न पाउनेछन्।
साथै नागरिकले सोधेका प्रश्नहरूको सांसद अर्यालसँगै सरोकारवाला निकायका प्रतिनिधिहरूले जवाफ दिने रानाले बताए।सार्वजनिक सुनुवाइमा कुनै पनि दलसँग सम्बन्धित झण्डा, चिह्न वा संकेत प्रयोग नहुने उनको भनाई छ।