राजनिति

गृहपृष्ठ राजनिति

पोर्चुगलका लागि राजदूत सनिल नेपालको नाम अनुमोदन

पोर्चुगलका लागि राजदूत सनिल नेपालको नाम अनुमोदन

काठमाडौँ : संसदीय सुनुवाइ समितिले पोर्चुगलका लागि प्रस्तावित राजदूत सनिल नेपालको नाम अनुमोदन गरेको छ।

समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित राजदूत नेपालको योग्यता, क्षमता, अनुभव र कार्ययोजनामाथि छलफल गरी नाम सर्वसम्मतिले अनुमोदन गरेको हो। 

गत कात्तिक २३ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई पोर्चुगलका लागि  राजदूतमा सिफारिश गर्ने निर्णय गरेको थियो।

यसअघि बैठकमा प्रस्तावित राजदूत नेपालले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राजदूतावासको स्थापना र सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राख्ने बताएका थिए। 

उनले पोर्चुगलमा रहेका नेपालीहरुको समस्यालाई तत्काल सम्बोधन गर्ने र सहजीकरण गर्ने काममा पनि आफू केन्द्रित हुने बताएका थिए। सरकारले पहिलो पटक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल