अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित

काठमाडौं : यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । दुबईमा भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा जम्मा ३ विकेटको क्षतिमा भेट्टायो ।

पाकिस्तानलाई जिताउन अजान आविसले अविजित ५६ र साद बैगले ५० रनको योगदान गरे । नेपालका गुल्सन झाले ओपनर सामी हसनलाई शून्यमा आउट गरे भने अर्का ओपनर साहाजिब खानलाई १५ रन बनाउँदा आउट गरे ।

तर उनीहरुपछिका दुई ब्याटरले अर्धशतकीय पारी खेलेपछि नेपाल पराजित हुन पुग्यो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा १५२ रन बनाउँदा सबै १० विकेट गुमायो । नेपालका ओपनर अर्जुन कुमालले २१ रन बनाए पनि उनीपछिका तीन जना ब्याटरले दोहोरो अंकको रन स्कोर गर्न सकेनन् । 

त्यसपछि उत्तम मगरले ५१ र दिपेश कँडेलले ३१ रन बनाएपछि नेपालले १५० रनको स्कोर कटाएको थियो ।  यु–१९ एसिया कपमा नेपालले अब समूह चरणमा भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल