धादिङ स्पेशल / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज

धादिङमा कारागारबाट छुटेकै दिन वृद्धाको हत्या, दुइ घटनाका चार प्रतिवादी पक्राउ

धादिङमा कारागारबाट छुटेकै दिन वृद्धाको हत्या, दुइ घटनाका चार प्रतिवादी पक्राउ

धादिङ : हत्यामा संलग्न रहेका चार जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । फरक फरक दुइ घटनामा संलग्न रहेका चार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार सार्वजनिक गरेको हो ।

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षिय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । चोरीको मुद्धामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् । 

त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षिय वृद्धा मनकुमारी सर्किनीलाई हत्या गरेको अभियोगमा मंसिर १५ गते ४० वर्षिय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।

‘मृतकको अनुहारमा कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा र पोतेका दानाहरु छरपष्ट भएको अवस्थमा मंसिर १४ गते राती आफ्नै घरमा उनको शव भेटिएको थियो’ एसपी मिश्रले भन्नुभयो– ‘सुक्ष्म अनुसन्धानबाट मनकुमारीको घाँटी थिचि हत्या गरिएको खुलेको हो । 

हत्यामा संलग्न बस्यालसँगै सोहि स्थानका ५४ वर्षिय टोपबहादुर सार्की र ४० वर्षिय सुनिल नेपाली पनि पक्राउ परेका छन् । आर्थिक प्रलोभन देखाइ बस्यालमार्फत वृद्धाको हत्या गरेको अभियोगमा दुइ जनालाई पक्राउ गरिएको हो ।’

धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या

धारिलो हतियार प्रयोग गरि आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा धुनीवेशी नगरपालिका–४ जीवनपुरका २७ वर्षिय रामचन्द्र वयलकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

धुनीवेशी नगरपालिका–१ डुम्रेचौरस्थित आफ्नै २० वर्षिया श्रीमती पवित्रा वयलकोटीलाई धारिलो हतियार प्रयोग गरी मंसिर १७ गते रामचन्द्रले हत्या गरेका थिए । हत्या गरी फरार रहेका बयलकोटीलाई १७ गते राती नै प्रहरीले पक्राउ गरेको एसपी मिश्रले बताउनुभयो ।

‘घोप्टो अवस्थामा रहेकी मृतक पवित्राको घाँटी लगायत शरिरका विभिन्न भागमा चोटपटक र रगताम्मे अवस्थामा भेटिएको थियो । शव र घटनाको प्रकृति हेर्दा निर्ममतापूर्वक हत्या गरिएको देखिन्छ’ एसपी मिश्रले भन्नुभयो । प्रतिवादी रामचन्द्र वयलकोटी र मृतक पवित्राविच करिव ६ वर्षअघि विवाह भएको थियो ।

विवाह पश्चात लामो समय वैदेशिक रोजगारीमा रहेका वयलकोटी दम्पत्तिविच त्यतिवेलैदेखि मनमुटाव रहेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । त्यहि कारण हुन सक्ने एसपी मिश्रले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल