धादिङ स्पेशल / नीलकण्ठ / अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / अन्तर्राष्ट्रिय / खेलकुद

केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो : धादिङका दुईसहित ३ नेपालीले जिते पदक

केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो : धादिङका दुईसहित ३ नेपालीले जिते पदक

धादिङ : अस्ट्रेलियामा भएको केपीएनपी एनएसडब्ल्यू तेक्वान्दो तेक्वान्दो ओपन च्याम्पियनसिपमा धादिङका दुईसहित ३ नेपालीले पदक जितेका छन्।

४०० जना भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा धादिङका २ खेलाडी नेपाल तेक्वान्दो संघ जिल्ला कार्य समिती धादिङ अध्यक्ष समेत रहेका प्रदीप गिरी, धादिङकै अर्का खेलाडी पारस भण्डारी र वीरगन्जका सागर गुभाजुले भाग लिएका थिए ।

वीरगन्जका भण्डारी र धादिङका गुभाजुले स्वर्ण पदक जित्न सफल भए भने प्रदीप गिरीले रजत पदक जितेका हुन् ।उक्त प्रतियोगितामा २०२३ को अहिले सम्मकै धेरै खेलाडीको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल