धादिङ स्पेशल / त्रिपुरासुन्दरी / दुर्घटना

गृहपृष्ठ धादिङ स्पेशल / त्रिपुरासुन्दरी / दुर्घटना

सल्यानटारमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

सल्यानटारमा मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका सल्यान्टारमा मंगलबार राति मोटरसाइकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी अर्का एक जना घाईते भएका छन् । बा ५० प ७१३८ सिभिआर होण्डा बाइक रोकिराखेको ना ६ त २७५८ नम्बरको ट्याक्टरमा ठोक्किदा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ बस्ने रोशन परियारको उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परी मोटरसाइकल चालक सन्दीप श्रेष्ठ घाइते भएका छन् । बगैँचा स्थित गाउँपालिका कार्यालय नजिकै बेलगाउँचोकमा भएको दुर्घटनामा परी गम्भीर घाईते वडा नं.१ रानीपौवाका २२ वर्षीय रोशन परियारको उपचारको क्रममा मंगलबार राती मृत्यु भएको हो । 

मोटरसाइकल चालक सन्दीप श्रेष्ठको  उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । श्रेष्ठको हात र खुट्टामा चोट लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल