धादिङ स्पेशल / त्रिपुरासुन्दरी / संस्कृति/पर्यटन / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / त्रिपुरासुन्दरी / संस्कृति/पर्यटन / गाउँ-समाज

प्रधानमन्त्री पदबाट हटेपछि बुढिगण्डकी जलविद्युत परियोजना रोकियो : अध्यक्ष ओली

Mahotsap
प्रधानमन्त्री पदबाट हटेपछि बुढिगण्डकी जलविद्युत परियोजना रोकियो : अध्यक्ष ओली

धादिङ : प्रथम सल्यानटार कृषि प्रदर्शनी तथा ब्यापार मेलाको उद्घाटन गर्नुहुदै, (नेकपा) एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू  प्रधानमन्त्री पदबाट हटेपछि बुढिगण्डकी जलविद्युत परियोजनाको अघि बढेको काम रोकिएको बताउनु भयो ।

मेलाको उद्घाटन गर्नुहुँदै ओलीले भन्नुभयो– ‘सम्भवत म प्रधानमन्त्री नभएसम्म बुढीगण्डकी आयोजना बन्दैन होला, म प्रधानमन्त्री बनिन भने पनि जब नेकपा एमाले सरकारमा जान्छ तब बुढीगण्डकी आयोजना बनाउँछ ।’अहिलेको सरकारले बुढीगण्डकी आयोजनालाई चासो नदिएको ओलीले बताए । 

त्रिपुरा सुन्दरी आफैमा पवित्र पर्यटकीय गन्तव्य भएकोले यस ठाउँको विकासमा एमालेले ध्यान दिइरहेको बताउदैन, ओलीले सम्बृद्द नेपाल सुखी नेपालीको परिकल्पना पूरा गर्न सबै दलमा सामाजिक सद्भाव जाग्नुपर्ने छ ।

सल्यानटार क्षेत्रको विकासका लागि नेकपा एमाले नै आवश्यक भएकाले धार्मिक, पर्यटकीय क्षेत्र, सडक निर्माण आदि क्षेत्रको विकास योजना बनाएर एमाले सरकारमा हुँदा गरेको भन्दै कृषि पर्यटनमा एमालेले मात्र काम गरेको दावी गर्नुभयो । 

कात्तिक १७ गते देखि २७ गते सम्म सल्यानटारमा हुने मेला “हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि. ” को आयोजनामा पहिलो पटक सल्यानटारमा कृषि प्रदर्शनी तथा ब्यापार मेला सुरु भएको हो । मेलामा ९० स्टलहरू रहेको छ । मेला ५० हजार दर्शकले अवलोकन गर्ने र १० करोडको कारोबार हुने, आयोजक समितिका संयोजक लक्ष्मी किशोर श्रेष्ठले जानकारी दिनुभयो। 

Between Description 4

मेलाको आकर्षको रुपमा स्थानीय उत्पादन, सल्यानटारको मास, झुसे (आलस),  तिल, घैया लगायतका प्रदर्शनी र बिक्री गरिने छ । कृषिमा अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेसिन, थोपा सिचाई, हाइडोपोनिक्स, मौरी पालन, जैविक मल आदीको प्रदर्शनी, कृषि डिजिटलाइजेसनका लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशनी गराईने छ ।

मेलामा  कृषि फुड  फेष्टिवलका माध्यमबाट कृषिजन्य उत्पादन तथा परिकारको प्रवर्द्धन स्थानीय कृषि वस्तुको प्रवर्द्धन, पोषणमा सुधारको साथै आयात प्रतिस्थापनमा जोड र हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरु बाट बेजोड प्रस्तुति समेत रहने छ । मेलाकै अवसर पारेर स्थानीय धार्मिक स्थलहरू, नशिंहधाम , त्रिपुरासुन्दरी लगायतका स्थानहरूको अवलोकन गराइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल