धादिङ स्पेशल / सिद्धलेक / गंगाजमुना

गृहपृष्ठ धादिङ स्पेशल / सिद्धलेक / गंगाजमुना

धादिङ भलिबलका टिम कप्तान मनोज श्रेष्ठ मृत फेला

Mahotsap
धादिङ भलिबलका टिम कप्तान मनोज श्रेष्ठ मृत फेला

धादिङ : धादिङ जिल्लाको भलिबल टिमका कप्तान मनोजकुमार श्रेष्ठ मृत फेला परेका छन् ।

श्रेष्ठ सिद्धलेक गाउँपालिका-३ सलाङस्थित ढोडेनीमा आफु बसेकै घर नजिकै झुण्डिएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डीएसपी) सन्तुलाल प्रसाद जैसवालले जानकारी दिनुभयो ।

धादिङकै गगांजमुना गाउँपालिका-४ गुम्दी घर भएका श्रेष्ठ बुधबार नलाङको खिर्रेमा तमु युवा समाजद्वारा आयोजित खुल्ला पुरूष भलिबल खेल्न गएका थिए।

श्रेष्ठ आबद्ध सलाङ-३कै टिमले बुधबार भएको खेल पनि जितेको थियो । उनी दिनभर खेल खेलेर साथीहरुसँग बास बस्न ढोडेनी पुगेको बताइएको छ।

बिहान ६ः४५ बजे शव भेटिएको भन्दै खबर आएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट इन्स्पेक्टरसहितको टोली घटनास्थलतर्फ पठाइएको डिएसपी जैसवालले बताउनुभयो।

Between Description 4

 मृत्युको कारण पोष्टमार्टम जाँचपछि खुल्ने प्रहरीले बताएको छ। मनोजले केहि बर्ष यता धादिङमा भएको साना तथा ठुला १०० भन्दा बढी भलिबल खेलहरु खेलि सकेको धादिङ भलिबल संघका अध्यक्ष अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।

उनले विगत २ वर्ष यता जिल्ला बाहिर भएको दर्जनौं प्रतियोगिताहरुमा समेत खेलिसकेका छन् ।

मनोजकै कप्तानीमा रहेको धादिङ जिल्ला भलिबल टिमले एक हप्ता अघिमात्रै रामेछापमा भएको बागमती प्रदेश स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता जितेको थियो ।

केही महिना अघि भएको सातौं प्रधानमन्त्री कप एनभिए पुरुष राष्ट्रिय भलिबलको उपाधी मनोज सम्मीलित टिपटप हेल्प नेपालले जितेको थियोे।

श्रेष्ठको निधनले नेपाल भलिबललाई ठुलो क्षति भएको धादिङ भलिबल संघले जनाएको छ।

उनको निधनप्रती हाल धादिङ जिल्लामा भईरहेकाे आज एकदिनकाे भलिबल खेल प्रतियोगिताहरु स्थगित गरि शाेक मनाउन सम्पूर्ण क्लब तथा संघ, संस्था र आयाेजकहरुलाई धादिङ भलिबल संघले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल