धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / शिक्षा / नेपाल

नीलकण्ठ बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

नीलकण्ठ बहुमुखी क्याम्पसको पाँचौं क्याम्पस सभा सम्पन्न, अध्यक्षमा पुनः श्रेष्ठ निर्वाचित

धादिङ : समुदायस्तरबाट सञ्चालित नीलकण्ठ बहुमुखी क्याम्पसको पाँचौ क्याम्पस सभाको वैठक शनिवार सम्पन्न भएको छ ।

सभाबाट शिक्षासेवी शभ्भूकुमार श्रेष्ठ पुनः ४ वर्षे कार्यकालको लागि क्याम्पस सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । श्रेष्ठ क्याम्पसका संस्थापक क्याम्पस प्रमुख समेत हुनुहुन्छ ।

क्याम्पस सञ्चालक समितिको अध्यक्षको निर्वाचनमा एक जनाको मात्रै उम्मेद्वारी परेपछि उहाँलाइ नै निर्वाचित घोषणा गरिएको निर्वाचन समितिका संयोजक समेत रहनुभएका अधिवक्ता कृष्णराज अधिकारीले जानकारी दिनुभयो ।

१५ सदस्यीय क्याम्पस संचालक समितिमा ७ जना सदस्य पदेन रहने बैधानिक ब्यवस्था छ भने वाँकी सदस्य संञ्चालक समितिले मनोनयन गर्ने ब्यवस्था रहेको छ ।

त्यस्तै सभाले समाजसेवी राकेश धमलाको संयोजकत्वमा ३ सदस्यीय आन्तरिक लेखापरीक्षण तथा सुपरीवेक्षण समिति पनि चयन गरेको छ । जस्को सदस्यमा क्याम्पस सभा सदस्यहरु राजाराम शर्मा र पार्वती अधिकारी रहेका छन् ।

यस भन्दा अघि क्याम्पस सभाको वैठकले गत आर्थिक वर्ष (२०७९/०८०) को प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।

वैठकमा क्याम्पस प्रमुख नवराज शर्माले आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको थियो । शर्माले प्रस्तुत गर्नुभएको बजेट र निति तथा कार्यक्रमलाइ क्याम्पस सभा सदस्यहरुको रायसुझाव सहित पारित गरिएको थियो । वैठकले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ती गर्ने जिम्मा भने सञ्चालक समितिलाइ दिएको छ ।

सभाकै अवसरमा नीलकण्ठ बहुमुखी क्याम्पसमा २२ वर्ष सेवा गरेर निवृत्त हुनुभएका उपप्राध्यापक गकुलप्रसाद रुवाली र भर्खरै विद्यावारिधि (पिएचडी) उपाधि प्राप्त गर्नुभएका उपप्राध्यापक मोहन बहादुर कँडेललाइ सम्मान गरिएको थियो ।

क्याम्पस सभाको वैठकलाइ सम्वोधन गर्दै त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि एवं क्याम्पस संचालक समिति सदस्य डाक्टर धनराज चालिसेले क्याम्पसको  शैक्षिक गुणस्तरको प्रशंसा गर्दै आगामी दिनमा पनि यो शैक्षिक गुणस्तरलाइ कायम राख्दै अघि बढ्न सुझाव दिनुभएको थियो ।

क्याम्पस सभामा क्याम्पस नियमावली २०५७ को तेश्रो संसोधन गर्ने प्रस्ताव लगिएको भएपनि आन्तरिक तयारी नपुगेका कारण फिर्ता लिइएको र अर्को उपयुक्त समयमा संशोधन प्रस्ताव लगिने क्याम्पसका सूचना अधिकारी सहायक क्याम्पस प्रमुख मुरारी अधिकारीले जानकारी दिनुभयो ।

त्रिभुवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यानकृत धादिङ जिल्लाको एकमात्र सामुदायिक क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पसमा ८५ सदस्यीय क्याम्पस सभा रहेको छ । 

क्याम्पस सभाको वैठक हरेक वर्ष बस्ने र उक्त सभाबाट आयब्यय विवरण बजेट पारित गरेर मात्रै क्याम्पस संचालन गर्ने प्रावधान रहेको छ ।

२०५७ सालमा ७ जना विद्यार्थीबाट सुरु गरिएको क्याम्पसमा हाल ८ सय ५० भन्दा बढी विद्यार्थीहरु स्नातक र स्नातकोत्तरका विभिन्न कार्यक्रमहरुमा अध्ययन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल