अन्तर्राष्ट्रिय / गाउँ-समाज

गृहपृष्ठ अन्तर्राष्ट्रिय / गाउँ-समाज

इजरायलमा हमासको आक्रमण : सेल्टर गइरहेका १४ नेपालीमध्ये ७ घाइते

इजरायलमा हमासको आक्रमण  : सेल्टर गइरहेका १४ नेपालीमध्ये ७ घाइते

काठमाडौं : इजरायलस्थित नेपाली दुतावासका अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले यसको पुष्टि गरिन् ।

नेपालीहरु बसेको शेदेत नेगेबका बस्तीहरुमा हमासले आक्रमण गरेको छ । त्यसमध्ये एउटा ठाउँमा काम गरिरहेका १४ नेपालीमध्ये ७ जना घाइते हुनुभएको छ । उनले घाइते नेपालीको नाम काठमाडौंबाट परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्ने बताइन् ।

 

दूतावासको अभिलेख अनुसार इजरायलमा यति बेला ४५ सय नेपाली छन् । गाजापट्टीमा राज्य चलाइरहेको हमासले इजरायलतर्फ आक्रमण गर्ने क्रममा अहिलेसम्म ४० को मृत्यु भएको र हजार बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल