अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

मिडफिल्डर फ्रेङकी डी जोङको चोटले समस्यामा बार्सिलोना

मिडफिल्डर फ्रेङकी डी जोङको चोटले समस्यामा बार्सिलोना

काठमाडौं : मिडफिल्डर फ्रेङकी डी जोङ चोटका कारण मैदान बाहिर रहने भएपछि स्पेनिस क्लब बार्सिलोना समस्यामा परेको छ । एंकलको चोटका कारण जोङले ६ हप्तासम्म मैदान बाहिर रहनु पर्ने भएको छ । 

जोङ ६ हप्ता मैदान बाहिर रहनु भनेको बार्सिलोनाले केही महत्वपूर्ण खेल उनी बिना नै खेल्नु हो । शनिबार सेल्टाभिगोसँग २-० ले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोना ३-२ ले विजयी भएको खेलमा उनी घाइते भएका थिए ।

 

उनले मैदान छाडे पछि पनि बार्सिलोनाले खेल उल्ट्याएको थियो । तर एक महत्वपूर्ण खेलाडी टिममा नरहे पनि प्रशिक्षक जाभीमाथि दबाब पर्ने नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल