अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

एसियाड खेलकुद : पुरुष भलबिलमा इरानले गर्‍यो स्वर्णमा ह्याट्रिक

एसियाड खेलकुद : पुरुष भलबिलमा इरानले गर्‍यो स्वर्णमा ह्याट्रिक

काठमाडौ : इरानले एसियन गेम्समा पुरुष भलिबलमा लगातार तेस्रो पटक स्वर्ण जित्दै ह्याट्रिक गरेको छ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाड अन्तर्गत मंगलबार राति भएको पुरुष भलिबलको फाइनलमा इरानले आयोजक चीनलाई ३-१ को सेटमा भएर स्वर्ण जितेको हो ।

सायदमोहम्मद मोउसाभिराघीको कप्तानीमा रहेको इरानले यसअघि २०१४ को इन्चोन एसियाड र २०१८ को जाकार्ता एसियाडमा स्वर्ण जितेको थियो ।लिनपिङ स्पोर्ट्स सेन्ट जिम्न्यासियममा भएको प्रतिस्पर्धात्मक खेलमा इरानले पहिलो सेट गुमाए पनि पुनरागमन गर्दै चीनलाई हरायो । 

पहिलो सेट चीनमा २५-१९ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर दोस्रो सेट इरानले २५-१४ ले सहजै जित्दै खेल बराबरीमा ल्यायो । तेस्रो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै इरानले २-१ को अग्रता बनायो । प्रतिस्पर्धात्मक चौथो सेट टाई ब्रेकमा २६-२४ ले जित्दै इरानले खेल ३-१ ले जितेको हो ।

३६ वर्षीय इरानी कप्तान कोउसाभिराघीको यो लगातार चौथो पदकसमेत हो । उनले २०१० मा ग्याङ्जायो एसियाडमा भने रजत जितेका थिए । त्यसपछि लगातार तीन स्वर्ण जिते ।

यस्तै एसियाडमा इरानले अहिलेसम्म एसियाड भलिबलमा तीन स्वर्णसहित तीन रजत र एक कांस्यगरी कुल ७ पदक जितेको छ । १९औं एसियाडमा नेपाल पनि इरान रहेको समूहमा थियो । तर नेपाल इरानसँग सोझो सेटमा पराजित भयो ।

चीनले भने सन् २००६ दोहा एसियाडमा रजत पदक जितेपछि एसियाडमा पहिलो पटक पदक जितेको हो । यसैगरी तेस्रो स्थानको लागि भएको खेलमा जापानले कतारलाई ३-१ को सेटमा हराएर कांस्य पदक जितेको छ ।

स्वर्ण विजेता इरानसहित चीन जापान र कतार चारै टिम पेरिस २०२४ ओलम्पिकको छनोटमा पुगेका छन् । १९औं एसियाडअन्तर्गत महिला भलिबल खेल भने ३० सेप्टेम्बरदेखि ७ अक्टोबरसम्म हुनेछ । नेपालको महिला भलिबल टिमले पनि यसै एसियाडबाट एसियन गेम्समा डेब्यु गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल