राजनिति

गृहपृष्ठ राजनिति

धेरै पर्खिन सक्ने अवस्था छैन, दबाबमूलक कामको अगुवाइ गर्छौं : अध्यक्ष केपी ओली

धेरै पर्खिन सक्ने अवस्था छैन, दबाबमूलक कामको अगुवाइ गर्छौं : अध्यक्ष केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र सुधारका लागि धेरै पर्खिन सक्ने अवस्था नरहेको बताएका छन् । अर्थतन्त्र सुधारका लागि आवश्यक कदम चाल्न सरकारलाई दबाब दिनुपरे एमालेले अगुवाइ गर्ने समेत उनले बताए ।

एमालेको उद्योगी तथा व्यवसायी महासंघले मंगलबार गरेको कार्यक्रममा ओलीले अर्थतन्त्रको सुधार सामान्य उपचारले नहुने बताए । उनले भने, सिटामोल खाएर काम लाग्ने वाला छैन । यो रोग हट्दैन, एक दिनको ज्वरो पनि हट्ने अवस्था छैन ।

यसो भन्दा एमालेलाई सरकारमा जान हतार भएछ कि क्या हो भन्ने अर्थ लाग्न सक्ने भन्दै ओलीले स्पष्टीकरण दिए, हामीलाई हतार छैन । हामी मिसन ०८४ मा लागेका छौं । तर हामी के देखिरहेका छौं भने ०८४ को चुनावसम्म पुग्दा देशमा कुनै उद्योग रहन्छ वा रहँदैन ? शेयर बजार रहन्छन् कि रहन्न अवस्था त्यस्तो भएको छ ।

सरकारमा बस्नेहरुलाई अर्थतन्त्र सुधारबारे सोच्ने छलफल गर्ने समय नभएको ओलीले बताए । अहिलेको अवस्थामा सरकार कसरी टिकाउने यसमै ध्यान छ, एमाले अध्यक्ष ओलीले भने, कुनै कदम चाल्ने, छलफल गर्ने फुर्सद समेत छैन ।

यस्तै अवस्थाबाट अब देश अगाडि बढ्न नसक्ने भन्दै उनले दबाबमूलक काम गर्नुपरे एमालेले अगुवाइ गर्ने बताए । अर्थतन्त्रलाई सुधार गरेर छोड्न प्रतिवद्ध छौं’ सरकारसँग राष्ट्र बैंकका अधिकारीहरुसँग समेत एमालेले छलफल गर्ने भन्दै, अब ढिलो गर्ने समय छैन । धेरै पर्खिन सक्ने अवस्था छैन ।

केही निर्णयहरु गर्नुपर्ने बेला आएको भन्दै उनले चलायमान नभएको ठाउँमा पैसा थुप्रिएको छ भने त्यसलाई निकालेर चलाउने लगायतका निर्णय गर्नेुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल