धादिङ स्पेशल / नीलकण्ठ / बेनिघाट / सिद्धलेक / रुवीभ्याली / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / बेनिघाट / सिद्धलेक / रुवीभ्याली / गाउँ-समाज / स्वास्थ्य

धादिङमा पछिल्लो २४ घण्टामा ११ जनामा डेङ्गी संक्रमण

धादिङमा पछिल्लो २४ घण्टामा ११ जनामा डेङ्गी संक्रमण

धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्। ५ जना पुरुष र ६ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा ४ जना, सिद्धलेक गाउँपालिकामा १ जना, बेनिघाट रोराङ गाउँपालिकामा ५ जना र रुबिभ्यालि गाउँपालिकामा १ जना रहेका छन्।

साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १ सय ४१ जना पुगेको छ। जसमा पुरुष १ हजार ५ सय १८ र महिला १ हजार ६ सय २३ जना छन्। 

हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५ सय ८३ जना निलकण्ठका मात्रै छन् । भने धुनिबेसि नगरपालिकामा १३ जना, थाक्रे गाउँपालिकामा १ जना, गल्छि गाउँपालिकामा ११ जना, गजुरी गाउँपालिकामा ३४ जना, बेनिघाट रोराङ गाउँपालिकामा ८१ जना रहेका छन ।

त्यस्तै सिद्धलेक गाउँपालिकामा ११७ जना, ज्वालामुखि गाउँपालिकामा १३८ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६७ जना, गंगाजमुना गाउँपालिकामा २७ जना, नेत्रावती डबजोङ गाउँपालिकामा १७ जना, खनियाबास गाउँपालिकामा २० जना, रुबिभ्यालि गाउँपालिकामा १९ जना र अन्य जिल्लाबाट १३ जना रहेका छन ।

डेङ्गी संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल