राजनिति

गृहपृष्ठ राजनिति

भारतका अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

भारतका अक्षर, शुभमन र शार्दुलले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय गुमाउने

काठमाडौं : भारतका अक्षर पटेल, शुभमन गिल र शार्दुल ठाकुरले अष्ट्रेलियासँगको तेस्रो एक दिवसीय क्रिकेट गुमाउने भएका छन् ।

एसिया कपमा घाइते भएका अक्षरले पहिलो र दोस्रो एक दिवसीय पनि खेलेका थिएनन् । उनले चोटमुक्त भएमा अन्तिम एक दिवसीय खेल्न सक्ने भनिएको थियो ।

शुभमन र शार्दुलले भने यसअघिका दुवै एक दिवसीय खेलेका थिए । पहिलो र दोस्रो एक दिवसीय नखेलेका कप्तान रोहित शर्मा र विराट कोहली भने टिममा फर्केका छन् ।

भारत र अष्ट्रेलियाबीचको तेस्रो एक दिवसीय बुधबार राजकोटमा हुने छ । ३ खेलको एक दिवसीय शृंखला घरेलु टोली भारतले २-० ले आफ्नो पक्षमा पारिसकेको छ । 

अष्ट्रेलियासँगको पहिलो एक दिवसीय जितेसँगै भारत विश्व वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । भारतले र अष्ट्रेलियानले नोभेम्बर २३ बाट ५ म्याचको टी-२० आई शृंखला खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल