राजनिति

गृहपृष्ठ राजनिति

लेखापरीक्षण गर्नेहरूको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन

लेखापरीक्षण गर्नेहरूको पनि वित्तीय अनुशासन छानबिन गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक लेखा समितिले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भएरनभएको विषयमा छानबिन गर्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले महालेखा परीक्षकहरूलाई अंकमा बेरुजु देखाउने मात्रै नभएर जवाफदेही बनाउनुपर्ने बताए। 

अध्यक्ष लिङ्देनले हरेक वर्ष उच्चरुपमा बेरुजु बढ्नुको प्रमुख कारणसमेत महालेखापरीक्षकले छुट्याउन आवश्यक रहेको बताए।

उनले बेरुजुको आधा हिसाभन्दा बढी देशको अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालययअन्तर्गत हुने कारण देशको ऐन कानून वा नेतृत्व बारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रष्ट हुन आवश्यक रहेको बताए।

अध्यक्ष लिङदेनले महालेखाले बेरुजु देखाउने तर जवाफदेही व्यक्ति माथिल्लो निकायमा गएर थप बेरुजु थप्दै जान दिन नहुने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल