राजनिति

गृहपृष्ठ राजनिति

मूर्तिकार कुमालेका कलाको संरक्षण र संवर्धन गर्नुपर्छ : उपराष्ट्रपति यादव

मूर्तिकार कुमालेका कलाको संरक्षण र संवर्धन गर्नुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ : उपराष्ट्रपति रामसहायप्रसाद यादवले मूर्तिकार कालु कुमालेका अद्वितीय कलाको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन्। 

मंगलवार ललितपुरमा आयोजित कार्यक्रममा मूर्तिकार कुमालेको ‘देउता बनाउने मान्छे’ नामक पुस्तक सार्वजनिक गर्दै उनले सो कुरा बताएका हुन्। उपराष्ट्रपति यादवले मूर्तिकार कुमालेजस्तो महत्वपूर्ण स्रष्टा, सृजनाकार, कलाकार र व्यक्तित्वलाई सबैले सम्मान गर्नुपर्ने समेत बताए।

उनीद्वारा सिर्जित मूर्तिहरू मठ, मन्दिर, विहार, गुम्बामा पुजिँदै आएको र विश्वको प्रख्यात भिक्टोरिया एण्ड एल्वर्ड म्युजियमसहित विभिन्न मुलुकमा पुगेको उल्लेख गर्दै उनले यो मुलुक र कला क्षेत्रका लागि एउटा गौरवको विषय पनि बताए।

उपराष्ट्रपति यादवले मूर्ति बनाएरै देशविदेशमा समेत लोकप्रिय मूर्तिकार कुमाले अन्य कलाकारहरूका लागि पनि प्रेरणा र उत्प्रेरित गर्ने व्यक्तिको रूपमा स्थापित भएको पनि स्पष्ट पारे। उनले मूर्तिकार कुमालेले मूर्ति बनाएर पनि जीवनयापन गर्न सकिन्छ भन्ने दृष्टान्त पेश गरेको भन्दै खुशी व्यक्ति गरे।

कुनै पनि संस्कृतिले संस्कार दिन्छ। यही संस्कारकै कारण ६ सयभन्दा बढी मूर्ति सृजना गरिसक्दा पनि उहाँ ९१ वर्षको उमेरमा पनि मूर्तिकलालाई जीवन्तता दिन सक्रिय र क्रियाशील हुनुहुन्छ। उहाँद्वारा सिर्जित मूर्तिहरू मठ, मन्दिर, बिहार, गुम्बामा पुजिँदै आएका छन्।

उपराष्ट्रपति यादवले कुमालेले मूर्तिकलाको माध्यमबाट गरिब किसान परिवारमा जन्मिएर पनि धैर्य र लगनशील भए सफलताको शिखर चुम्न सकिन्छ भन्ने उदाहरण पेश गरेको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल