Weather : 25.12° Celsius Kathmandu
धादिङ : धादिङमा १० हप्ताको अवधीमा डेङ्गी संक्रमित हुनेको संख्या ३ हजार १ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण हाल घट्दो क्रममा देखिएको छ।
साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक २०/३० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ। आज २ पुरुष र ३ महिला गरी ५ जना डेङ्गीका बिरामी भेटिएका छन्।
यो सँगै साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १ सय १९ पुगेको छ। जसमा पुरुष १ हजार ५ सय ४ र महिला १ हजार ६ सय १० जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५सय ७१ जना निलकण्ठका मात्रै छन्।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।