Weather : 17.12° Celsius Kathmandu
धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा ३० जना डेङ्गीका बिरामी भेटिएका छन्। ११ जना पुरुष र १९ जना महिला गरी थप ३० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा १९ जना, गजुरी गाउँपालिकामा ४ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, ज्वालामुखि गाउँपालिकामा ४ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १ सय २ जना पुगेको छ। जसमा पुरुष १ हजार ४ सय ९९ र महिला १ हजार ६ सय ३ जना छन्।
हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५ सय ६० जना निलकण्ठका मात्रै छन् । भने धुनिबेसि नगरपालिकामा १० जना, थाक्रे गाउँपालिकामा १ जना, गल्छि गाउँपालिकामा ११ जना, गजुरी गाउँपालिकामा ३४ जना, बेनिघाट रोराङ गाउँपालिकामा ७६ जना रहेका छन ।
त्यस्तै सिद्धलेक गाउँपालिकामा ११४ जना, ज्वालामुखि गाउँपालिकामा १३५ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ६७ जना, गंगाजमुना गाउँपालिकामा २७ जना, नेत्रावती डबजोङ गाउँपालिकामा १७ जना, खनियाबास गाउँपालिकामा १९ जना, रुबिभ्यालि गाउँपालिकामा १८ जना र अन्य जिल्लाबाट १३ जना रहेका छन ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ ।